काठमाडौं । मंगलबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ।
मंगलबार कुल ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेचबाट ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँको कारोबार भएको छ ।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको ६.२०,दिव्यश्वरी हाइड्रोपावरक ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले सेयर बढ्यो।
कारोबार रकमका आधारमा बरुण हाइड्रोपावर शीर्षस्थानमा रहयो।
प्रतिक्रिया लेख्नुहोस्:-