Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुने

असार ८, २०७५ १:३० मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, ८ असार / त्रिभुवन विश्वविद्यालय (त्रिविवि) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि क्याम्पस सञ्चालन गरिएको स्थान कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिएपछि बाँकी रहने करीब ४० बिगाहा जग्गामा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँका अनुसार कलेज सञ्चालनका लागि बजेट खोजी भइरहेको छ । जसका लागि महानगरपालिकासँग सहकार्य गरेर क्याम्पस स्थापना गर्न सकिने उहाँले बताउनुभयो ।

त्रिविविको कृषि क्याम्पस सञ्चालन गरिएको रामपुरमा एएफयुले कलेज सञ्चालन गरेपछि दुई विश्वविद्यालयबीचमा ठूलो अन्तरसंघर्ष रहेको थियो । दुई वर्षअघि सरकारले सो ठाउँमा रहेको करीब ४०० बिगाहा जमिनमध्ये ४० बिगाहामा त्रिविले इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र बाँकी रहेको सबै जग्गा एएफयुलाई दिने निर्णय गरेसँगै दुई विश्वविद्यालयको झगडा मत्थर भए पनि कार्यान्वयन भइसकेको छैन ।

सोही ठाउँको जग्गामा भरतपुर महानगरपालिकासँग सहकार्य गरेर इन्जिनियरिङ कलेज सञ्चालन गर्न सकिने त्रिविविले जनाएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरभित्र इन्जिनियरिङ कलेज आवश्यक रहेको भन्दै त्रिविविसँग सहकार्य गर्ने विषयमा छलफल शुरु भएको बताउनुभयो ।

कुन तरिकाबाट सहकार्य गर्न सकिन्छ भन्ने विषयमा महानगर र त्रिविविका बीचमा छलफल अघि बढाइने उहाँले बताउनुभयो ।

त्रिविविका उपकुलपति खनियाले अब विश्वविद्यालय ठूलो भएको भन्दै स्थानीय निकायसँग सहकार्य गरेर गुणस्तरीय शिक्षा दिने र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने भएकाले महानगरसँग सहकार्य गरेर अघि बढ्नु उपयुक्त हुने बताउनुभयो ।

उपकुलपति खनियाका अनुसार पुल्चोक इन्जिनियरिङ कलेजकै स्वरुपमा रामपुरमा कलेज स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ । त्रिविले पुल्चोकसँगै थापाथली, पूर्वाञ्चलमा धरान र पश्चिमाञ्चलमा पोखरामा आंगिक इन्जिनियरिङ कलेज सञ्चालन गर्दै आएको छ । वर्षेनी ठूलो संख्यामा विद्यार्थी नेपालमा इन्जिनियरिङ शिक्षा पढ्न नपाएर विदेशिने गरेका छन् ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Breaking News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
अमेरिका समाचार

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने
आजको छापाबाट

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
कला/मनोरन्जन

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’
प्रवास

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result