Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चालू आवको २३ प्रतिशत बजेट खर्च

असार ८, २०७५ २:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

धनगढी, ८ असार / प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्ममा २३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आवको विनियोजित खर्च रकमको समीक्षासम्बन्धी विवरणमा विनियोजन भएको मध्ये चालूतर्फ रु आठ करोड ४४ लाख २२ हजार र पूँजीगततर्फ रु तीन करोड ८२ लाख ६९ हजारसमेत गरी जम्मा रु १२ करोड २६ लाख ९१ हजार खर्च भएको उल्लेख गरिएको छ ।

चालू आवको बाँकी अवधिका लागि रु एक अर्ब एक करोड ९४ लाख छ हजार विनियोजन गरिएको थियो । मन्त्रालयको विवरणमा प्रदेशसभा सचिवालयका लागि विनियोजन भएको मध्ये ४४ दशमलव एक प्रतिशत रकम खर्च भएको देखाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रु तीन करोड ८९ लाख तीन हजार विनियोजन भएकामा रु तीन करोड ५९ लाख ५४ लाख ९८२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रु पाँच करोड ३६ लाख १५ हजार विनियोजन भएकामा रु ५७ लाख ८१ हजार खर्च भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित रु तीन करोड ५५ लाख २८ हजारमध्ये रु ९५ लाख ५९ हजार ५९८ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि कूल विनियोजित रु पाँच करोड ४४ लाख ९४ हजारमध्ये रु एक करोड २१ लाख ८४ हजार खर्च भएको बताइएको छ ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु चार करोड १६ लाख ७८ हजारमध्ये रु एक करोड १३ लाख ६९ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु पाँच करोड ६० लाख ८५ हजार रकममध्ये रु एक करोड १० लाख ९६ हजार र सामाजिक विकास मन्त्रालयको रु आठ करोड ७५ लाख ५५ हजारमध्ये रु एक करोड १० लाख ७३ हजार र मुख्य न्यायाधिवक्ताको कार्यालयको रु ७१ लाख ८४ हजार रकममध्ये रु दुई लाख ६३ हजार मात्र खर्च भएको विवरण उल्लेख छ ।

अर्थ विविध शीर्षकमा छुट्याइएको रु ५६ करोड ४० लाख २३ हजारमध्ये खर्च हुन सकेको छैन । प्रदेशसभा बैठकमा बोल्ने प्रतिपक्षी प्रदेशसभा सदस्यले चालू आवका लागि विनियोजित बजेट कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउन पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result