Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

६ स्थानीय तहको कूल बजेट ६ अर्ब ७१ करोड

असार ११, २०७५ ४:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, ११ असार / चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल रु ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेको छ ।

जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती र कालिका गरी पाँच नगरपालिका र एक इच्छाकामना गाउँपालिका छ ।

महानगर र नगरपालिकाका सबैले बजेट प्रस्तुत गरेपनि इच्छाकामना गाउँपालिकाले आइतबार औपचारिक रुपमा बजेट घोषणा गर्न भने सकेन । गाउँपालिकाको बजेट रु ३५ करोडको हाराहारीमा रहेपनि प्रस्तुत गर्न भने बाँकी रहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजेट तयारी भएपनि अहिले वडा भेला चलिरहेकाले यही असार १५–१६ मा औपचारिक घोषणा गरिने छ ।

चितवनको भरतपुर महानगरपालिकाले ८७ बुँदे नीति तथा कार्यक्रमसहित कूल रु ३ अर्ब ३४ करोड ५ लाखको बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाका उपप्रमुख पार्वती शाहद्वारा प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ रु १ अर्ब ७० करोड र ४९ लाख रहेको छ भने पूँजिगत खर्चतर्फ रु १ अर्ब ६२ करोड ५६ लाख बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ रु १ करोड रहेको छ ।

रत्ननगर नगरपालिकाले ५१ बुँदे नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि रु ८४ करोड ५४ लाखको बजेट पारित गरेको छ जसमा आन्तरिक आय रु १० करोड ५८ लाख, सामाजिक सुरक्षा कार्यक्रम रु १२ करोड, संघीय सरकारबाट सशर्त अनुदान रु २६ करोड ७८ लाख, वित्तीय सामान्यीकरणतर्फ रु १२ करोड २ लाख तथा राजस्व बाँडफाँडतर्फ रु ९ करोड ५० लाखको बजेट रहेको छ ।

यस्तै, प्रदेश सरकारबाट सशर्त अनुदान रु ४ करोड ९६ लाख, वित्तीय सामान्यीकरणतर्फ रु ९० लाख र राजस्व बाँडफाँडमा रु १ करोड, सडक बोर्डबाट रु ७० लाख एलजी सिडिपी कार्यक्रमतर्फ रु १० लाख बजेट राखिएको छ ।

खैरहनी नगरपालिकाले आगामी वर्षका लागि रु ६२ करोड ३१ लाख ९१ हजारको बजेट ल्याएको नगरप्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो ।

यता, राप्ती नगरपालिकाले भने आगामी वर्षका लागि रु ५१ करोड २० लाखको बजेट पारित गरेको छ । आन्तरिक आम्दानी रु ४ करोडसहित सशर्त अनुदान झण्डै रु २० करोड, राजस्व बाँडफाँडतर्फ झण्डै रु ११ करोड, सामान्यीकरणतर्फ रु साढे १६ करोडको बजेट पारित भएको छ ।

कालिका नगरपालिकाको दोस्रो नगरसभाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४९ करोड १८ लाख ६२ हजार बराबरको आयव्यय प्रस्तुत गरेको छ ।
सो बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्व रु २ करोड, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान रु १४ करोड २६ लाख, सामान्यीकरण अनुदान रु १३ करोड ५७ लाख, प्रदेशसभाबाट प्राप्त हुने सशर्त अनुदान रु ८२ लाख ३१ हजार र सामान्यीकरण अनुदान रु २ करोड ५५ लाख ९३ हजार रहेको छ ।

यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड रु ८ करोड ६७ लाख ३८ हजार, शान्ति सुरक्षा भत्ता अनुदान रु ७ करोड र सडक बोर्डबाट प्राप्त हुने अनुदान रु ३० लाख रहेको छ ।
माडी नगरपालिकाले भने रु ९० करोड ३८ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले नेपाल सरकारबाट रु ३० करोड, प्रदेश सरकारबाट रु २ करोड, आन्तरिक आम्दानी करिव रु २० करोड बजेट बेहोरिने जानकारी दिनुभयो ।
अन्य रकम भने विभिन्न ठाउँबाट अनुदानित कार्यक्रमहरु आउने अनुमानसहित रु ९० करोड ३८ लाखको बजेट विनियोजन भएको जानकारी दिनुभयो । रासस)

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result