काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ८।२४ अंकले घट्दा समग्र नेप्से २ हजार ५१।९२ विन्दुमा ओर्लेको छ ।
बिहीबार कारोबारमा आएकामध्ये ४७ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १८८ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज ५० हजार २ सय ८१ वटा कारोबारबाट ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । बुधबार ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-