काठमाडौं । सत्ता समीकरण नयाँ बन्ने भएपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । आज दोस्रो सर्किट ब्रेकपछि शेयर बजार ४७.०४ अंकले बढेको छ ।
आज १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । मंगलबार प्रिओपन सेसनबाटै दोहोरो अंकले बढ्दै गएको नेप्से तीव्र उतारचढावपछि बिस्तारै सम्हालिदै गएको थियो ।
कारोबारका आधारमा यस दिन १२ करोड ३३ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ एनआरएन इन्फास्टकचर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-