Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इटहरीको बजेट रु एक अर्ब ५० करोड

असार २२, २०७५ १:१९ मा प्रकाशित
Share on FacebookShare on Twitter

इटहरी, २२ असार / इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम्तीमा सरदर न्यूनतम रु ७० लाखदेखि एक करोड बढीको विकास बजेट पर्ने गरी सबै वडाका जनप्रतिनिधिसँग परामर्श र छलफल गरेर बजेट ल्याएका छौँ भन्नुभयो ।

पत्रकार सम्मेलनमा बजेट नीति तथा कार्यक्रमसम्बन्धी समितिको संयोजकसमेत रहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले बजेटका विषयमा थप जानकारी दिनुहुँदै उपमहानगरले केही इटहरी गौरवका योेजना समेत ल्याएको जानकारी दिनुभयो । पहिला प्रस्तुत बजेटमा संघ र प्रदेशबाट प्राप्त हुने सहयोग थपिएकाले बजेटको आकारसमेत परिमार्जन हुन गएको हो भन्नुभयो ।

उहाँले इटहरी गौरवका प्रस्ताविक कार्यक्रममध्ये उपमहानगर–५ मा सार्वजनिक पार्क, इटहरीको मुख्य चोक तथा त्यस आसपासमा सार्वजनिक शौचालय, उपयुक्त स्थानमा औद्योगिक ग्राम, आदिवासी जनजातिको संग्रहालय, पर्यटकीय क्षेत्र तालतलैयाको विकाससँगै आइतबारे प्रवेश मार्गमा रात्रिकालिन बजार चलाउने कार्यलाई यो बजेटले इटहरी गौरवको कार्यक्रमभित्र समेटेको उपप्रमुख गौतमले प्रष्ट्याउनुभयो ।

कूल अनुमोदित बजेटमध्ये खर्चतर्फ २० दशमलव २८ प्रतिशत तथा पूँजीगत खर्चतर्फ कूल बजेटको ७९ दशमलव ३४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ० दशमलव ५ प्रतिशत विनियोजन गरेको पनि पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ । बजेटले भौतिक पूर्वाधारसँगै खेलकुद पत्रकारिता एवं मानवीय संशाधन विकासका लागि पनि उल्लेख्य बजेट व्यवस्था गरेको पनि उपप्रमुख गौतमले उल्लेख गर्नुभयो ।

बजेट निर्माणका क्रममा केही असहज परिस्थिति आउला कि भन्ने अवस्था देखिए पनि सबैको सहमति र सन्तुलित ढंगले आएको तथा केही वडालाई जनसंख्याको सघनतालाई दृष्टिगत गरेर अन्य वडाको भन्दा केही धेरै बजेट पर्न गएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले सञ्चार क्षेत्रले सम्पूर्ण नगरवासीलाई सचेत र सन्तुलित सूचना दिएर समग्र उपमहानगरको एकीकृत विकासमा महत्वपूर्ण योगदानमा सहभागी हुन नगरवासीमा उत्प्रेरणा जागृत गराउन आग्रह गर्नुभयो ।रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result