Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रु ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

असार २५, २०७५ १:०४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ असार ९ /  मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ ।

यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेटलगायतका सामग्रीको खरिद बिक्रीमा उक्त रकमको कारोबार हुने गरेको जनाइएको छ ।

स्वदेशमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ १४ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ का बारे जानकारी दिन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले कलात्मक तरिकाले निर्माण गरिएका मौलिक तथा परम्परागत फर्निचरको अत्यधिक माग बढ्दै गएको जानकारी दिनुभयो ।

आगामी भदौ १९ गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने छन् । यसपटक हुने एक्स्पोको छैटौँ संस्करणमा कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उपयोगी हुने र होम डेकोरका सामग्रीलाई विशेष प्रवद्र्धन गरिने संघले जनाएको छ ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारे अवलोकनकर्तालाई जानकारी गराइने जनाइएको छ । सन् २०१२ देखि नियमितरुपमा एक्स्पो आयोजना हुँदै आएको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result