Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल

असार २९, २०७५ १०:३९ मा प्रकाशित
कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो : अध्यक्ष दाहाल
Share on FacebookShare on Twitter

चितवन, २९ असार / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ ।

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको छ भन्नुभयो ।

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।”

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उहाँले बताउनुभयो । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।

अर्को एक प्रसंगमा उहाँले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताउनुभयो । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु-याउने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले खम्बसिंह कुँवरजस्ता योद्धाका कारण पार्टी यो अवस्थामा आइपुगेको भन्दै उहाँहरुको सम्मानमा कहिल्यै नचुक्ने बताउनुभयो ।

सो अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उहाँलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी ‘डिल्लीराम धनसरा प्रतिभा पुरस्कार’बाट प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठलाई रु पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गायक स्व खुसिराम पाख्रिनकी श्रीमती सुकमायाँ तामाङलाई रु १५ हजार नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई अध्यक्ष दाहालले सम्मान गर्नुभएको हो ।

शारदा स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, प्रदेशसभा सांसद कृष्ण खनाल, लेखक इन्द्र रेग्मीलगायतले बोल्नुभएको थियो ।रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result