Saturday, January 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने : मन्त्री पोखरेल

असार २९, २०७५ ११:१२ मा प्रकाशित
केसीका माग चिकित्सा आयोगबाट सम्बोधन गरिने : मन्त्री पोखरेल
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ असार / ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ ।

नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गर्नुभएको हो ।

उहाँले पत्रकारले शिक्षाका क्षेत्रमा देखापरेका बढीभन्दा बढी विकृति विसंगति उठाउनुपर्नेमा जोड दिँदै यस्ता विसंगति हटाउन आफू लागिपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले डा गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उहाँलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।

डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उहाँलाई काठमाडौँ ल्याउनका लागि टोली पठाउन लागिएको छ भन्दै उहाँले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताउनुभयो ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले मन्त्रालय पत्रकारसँग मिलेर शिक्षाका समस्या समाधान गर्न अग्रसर भएकाले त्यस्ता समस्या उजागर गर्न आग्रह गर्नुभयोे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सो पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेलले रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ आठ पत्रकारलाई प्रदान गर्नुभयो । सो पुरस्कार पाउनुुहुनेमा प्रदेश नं १ बाट निरोज कोइराला ‘रेडियो नेपाल÷हिमालय टाइम्स’ (भोजपुर), प्रदेश नं २ बाट कृष्ण सिग्देल ‘राजधानी दैनिक÷अनलाइन खबर’ (बारा), प्रदेश नं ३ बाट चमारसिंह लामा ‘सामुदायिक सूचना नेटवर्क’ (काभ्रेपलाञ्चोक) हुनुहुन्छ ।

यसैगरी गण्डकी प्रदेशबाट पवन पौडेल ‘दमौली एफएम’ (तनहुँ), प्रदेश नं ५ बाट पार्वती पाण्डे ‘बुद्धदर्पण दैनिक’ (कपिलवस्तु),कर्णाली प्रदेशबाट मेघराज खड्का ‘कारोवार दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गोकर्ण दयाल ‘गोरखापत्र दैनिक’ (बैतडी) तथा उपत्यका प्रदेशबाट चन्द्र बानियाँ ‘रेडियो नेपाल’ (काठमाडौँ) पनि सो पुरस्कार प्राप्त गर्नुभएको थियो ।

प्रत्येक प्रदेशबाट दुईजना पत्रकारले ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गर्नुभएको छ । रु १५ हजार राशिको उक्त लेखनवृत्ति प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ (धनकुटा) र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ (सुनसरी), प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ (महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ (धनुषा), प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ (दोलखा) र मनोज थापा ‘अर्थ नेपाल डटकम’ (नुवाकोट), गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ (लमजुङ) र छविलाल तिवारी ‘नागरिक दैनिक’ (पर्वत), प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ (प्यूठान) र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ (रुपन्देही)ले पाउनुभएको हो ।

यसैगरी, कर्णाली प्रदेशबाट नरजन तामाङ ‘नयाँपत्रिका दैनिक’ (हुम्ला) र गणेश विक ‘नागरिक दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गगन ऐडी ‘नयाँपत्रिका दैनिक’ (बाजुरा) र जगदीश रोकाय ‘अन्नपूर्ण पोष्ट दैनिक’ (बझाङ) र उपत्यका प्रदेशबाट संयुक्तरूपमा नीता सापकोटा ‘नेपाल टेलिभिजन’ (काठमाडौँ), केशव भुल ‘सिआइएन’ (काठमाडौँ) र रामु सापकोटा ‘हिमाल खबर पत्रिका’ (ललितपुर) लाई सो लेखनवृत्ति प्राप्त गर्नुभयो ।

यस्तै रु २० हजार राशिका ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदेश नं १ बाट ‘सामुदायिक रेडियो सोलु एफएम’ (सोलुखुम्बु), प्रदेश नं २ बाट ‘रेडियो निजगढ’ (बारा), प्रदेश नं ३ बाट ‘रेडियो तिनलाल’ (रामेछाप), गण्डकी प्रदेशबाट ‘मनास्लु एफएम’ (गोरखा), प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ (प्यूठान), कर्णाली प्रदेशबाट ‘चंखेली एफएम रेडियो’ (कालीकोट), प्रदेश नं ७ बाट ‘सेती सामुदायिक एफएम’ (बझाङ) र उपत्यका प्रदेशबाट ‘रेडियो राजधानी’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो ।

राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ (काठमाडौँ) र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो भने अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ‘एजुकेशन न्यूज नेपाल डटकम’लाई प्रदान गरिएको थियो ।

प्रत्येक वर्ष महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको हो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result