Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ – अध्यक्ष लोहनी

असार २९, २०७५ ३:५७ मा प्रकाशित
उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ – अध्यक्ष लोहनी
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ असार / एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा आर्थिक विकास र समृद्धि कायम गर्न सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकामा करिब दुई महिनाको भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष डा. लोहनीले स्थानीय विकास, भौतिक पूर्वाधार, यातायात, कृषि, पर्यटन, ऊर्जालगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले ठूलो संख्यामा रोजगारीको सिर्जना गर्ने र सामाजिक रुपान्तरणमा बहुआयामिक प्रभाव पार्ने बताउनुभयो ।

उहाँले लामो समयदेखि विदेशमा बसेर ज्ञान, सिप र धन आर्जन गरेका नेपालीलाई स्वदेशमा राजनीतिक स्थिरता र शान्ति रहेकाले लगानीका लागि आग्रह गर्नुभएको जानकारी गराउनुभयो । अध्यक्ष लोहनीले आफ्नो संगठनको नीति, सिद्धान्तप्रति निकट दलसँग एकता हुन सक्ने बताउँदै वैचारिक निष्ठाप्रति अझै सशक्तरूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यही असार २ र ३ गते सानफ्रान्सिस्कोमा भएको गैरआवासीय नेपालीहरूको सातौँ सम्मेलनलाई मुख्य वक्ताकारुपमा सहभागी हुनु भएका अध्यक्ष लोहनीले क्यालिफोर्नियाका विभिन्न शहरमा रहेका नेपालीहरूसँग आर्थिक अन्तक्र्रिया समेत गर्नुभएको सो पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको विभिन्न भागमा केही दिनदेखि परिरहेको अविरल वर्षातका कारण बाढी पहिरो र डुवानबाट पीडितलाई न्यायोचित राहतको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको विज्ञप्तिमा बाढी पहिरो र डुवानबाट ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै समस्याको अल्पकालीन रोकथाम र दीर्घकालीन समाधानका लागि सरकारसँग माग गरिएको छ । दैनिक उपभोग्य वस्तुको सरल आपूर्तिको उचित व्यवस्थापन गरी बजारमा ती वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न माग गरिएको छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result