Saturday, June 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उद्यमशीलता प्रोत्साहन गर्ने नीति आवश्यक

असार ३१, २०७५ १:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असार / मुलुकको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता प्रोत्साहन गर्न सोहीअनुसारका सरकारी नीति र सुविधा ल्याउनुपर्ने यस क्षेत्रका विज्ञको जोड रहेको छ ।

सुशील कोइराला ममोरियल फाउण्डेसनद्वारा आज यहाँ आयोजित ‘नेपालमा उद्यमशीलता ः सामाजिक र सरकारी दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरुले उद्यमशीलता प्रवद्र्धन गर्न कानूनमा भएका अवरोध परिमार्जन गर्नुपर्ने र उद्यमशीलतालाई समाजमा उच्च प्रतिष्ठाका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री एवं फाउण्डेशनका अध्यक्ष डा शंशाक कोइरालाले राजनीति समाज परिवर्तनको बाहक भएकाले राजनीतिज्ञले पनि निश्चित समय पार्टीको काममा लागेर बाँकी समय उद्यमशीलतामा लाग्नुपर्ने सुझाव दिनुभयो ।

नेपालमा उद्यमशीलता फष्टाउन नसक्नुमा हाम्रो शिक्षा, समाज र राजनीतिमा समस्या रहेको बताउँदै उहाँले राजनीतिज्ञले घुसको पैसाले घर चलाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष समूहगत छलफलमा भाग लिँदै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले नेपाली समाजमा व्यापार व्यवसायमा लागेका पूँजीवादी र दलाल वर्गलाई नकारात्मक रुपमा लिइने गरेको भन्दै यसमा समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।

पूर्वसचिव रामेश्वर खनालले उद्योग र व्यवसाय सञ्चालन गर्न मुलुकमा आवश्यक पूर्वाधारको कमी र वित्तमा सहज पहुँच हुन नसक्दा उद्यमशीलता अपेक्षाकृत रुपमा फस्टाउन नसकेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामान्य गल्ती हुँदासमेत व्यवसायीलाई थुन्न सक्ने ३६ वटा कानून विद्यमान रहेको उल्लेख गर्दै समाजमा रहेका व्यापारी र व्यवसायीलाई ठगका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने सुझाव दिनुभयो ।

पूर्व राजदूत सूर्यनाथ मिश्रले अरु पेशाको तुलनामा उद्यमशीलताले बढी रोजगारी सिर्जना गर्नुका साथै मुलुकको कूल गार्हस्थ्य उत्पादनमा बढी योगदान गर्ने भएकाले यसलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

किङ्स कलेजका प्रमुख कार्यकारी अधिकृत नरोत्तम अर्यालले सरकारी नीति उद्यमशीलता प्रोत्साहनभन्दा बढी दुरुत्साहन गर्नेखालको भएको गुनासो गर्दै समाजमा युवालाई विभिन्न क्षेत्रको नेतृत्व दिनुपर्छ भन्ने गरिए पनि व्यवहारमा नपत्याउने गरेको आरोप लगाउनुभयो ।

कार्यक्रममा अन्य सहभागीले आफूले उद्यम गर्दा भोगेका समस्या र प्राप्त गरेका सफलताका बारेमा धारणा राख्दै सुधारका लागि सुझावसमेत दिनुभएको थियो । विशेष समूहगत छलफल वरिष्ठ पत्रकार प्रतीक प्रधानले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा भारतको महाराष्ट्र इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) विश्वविद्यालय, व्यवस्थापन विभागका डीन प्रा डा सयाली गंकरले नेपालमा उद्यमशीलताका लागि अपार सम्भावना रहेको धारणा व्यक्त गर्दै यसमा रहेका आवश्यकतालाई निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।

फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अब ढिला गर्न नहुने भन्दै उद्यमशीलताका बारेमा युवा वर्गमा सचेतना जगाउन र उत्प्रेरित गर्न फाउण्डेशनले विभिन्न क्षेत्रका विज्ञसहितको बहस चलाएको जानकारी गराउनुभयो ।

कार्यक्रममा चर्चित क्यालिग्राफर केसी जनार्दनले विद्यार्थी, शिक्षक र अभिभावकका लागि हस्तलेखनसम्बन्धी प्रवचन दिनुभएको थियो । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा कोइराला र एमआइटी विश्वविद्यालयका डीन प्रा डा गंकरबीच शिक्षा, स्वास्थ्य र उद्यमशीलता क्षेत्रमा काम गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

कुल आचार्य
Breaking News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result