Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्बन्धन दिएको विरोधमा प्राध्यापक–विद्यार्थी आन्दोलित

असार ३२, २०७५ ३:२० मा प्रकाशित
सम्बन्धन दिएको विरोधमा प्राध्यापक–विद्यार्थी आन्दोलित
Share on FacebookShare on Twitter

रत्ननगर, चितवन, ३२ असार / कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थी आन्दोलित भएका छन् ।

आन्दोलनरत प्राध्यापकले आज विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका छन् । विद्यार्थीले विरोध प्रदर्शन र धर्ना दिँदै आएकामा अहिले भने प्राध्यापकसमेत आन्दोलनमा उत्रिएका हुन् ।

विश्वविद्यालयका एकजना उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । अघिल्लो वर्ष पनि सम्बन्धनको विषयमा प्राध्यापक र विद्यार्थीले आन्दोलन गरेका थिए ।

विद्यार्थीले सम्बन्धन खारेजीको माग गर्दै असार २६ गतेबाट नै विरोध प्रदर्शन र धर्ना कार्यक्रम जारी राखेको एक विद्यार्थी नेता नगेन्द्र दाहालले प्रतिक्रिया दिनुभयो ।

हालै मात्र उक्त विश्वविद्यालयले विभिन्न स्थानमा सातवटा क्याम्पसका लागि सम्बन्धन दिएको थियो । चार वर्षअघि दर्खास्त आह्वान गरेकोमा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएकामा मापदण्ड पुगेका सात क्याम्पसमा सम्बन्धन दिएको विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।

सरकारी क्याम्पसले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनुपरेको उहाँले बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षामा भने कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभएको छ । विद्यार्थीहरुको संख्या धेरै भएकाले पनि सम्बन्धन दिनु आवश्यक भएको उहाँको भनाइ छ ।

कृषि स्नातकमा सम्बन्धन पाउनेहरुमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।

उपकुलपति ढकालका अनुसार सबै कलेजले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताउनुभयो ।

उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउदो शैक्षिक सत्रबाट सञ्चालन गर्ने तयारी भइरहेको समेत बताउनुभयो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो । रासस

सम्बन्धित समाचार

विद्यार्थी र सिनियर सिटिजनको नि:शुल्क ट्याक्स भरिदिने घोषणा
अमेरिका समाचार

विद्यार्थी र सिनियर सिटिजनको नि:शुल्क ट्याक्स भरिदिने घोषणा

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

अमेरिका समाचार

  ११४औं लक्ष्मीजयन्ती सम्पन्न

नेपाली भाषा कक्षाको देउसी भैलो आइतवार
Breaking News

नेपाली भाषा कक्षाको देउसी भैलो आइतवार

एसईईको नतिजा सार्वजनिक, ९ हजारले ल्याए ४ जीपीए
Breaking News

एसईईको नतिजा सार्वजनिक, ९ हजारले ल्याए ४ जीपीए

कक्षा १२ को परीक्षा जेठ १६ बाट सञ्चालन गर्ने राष्ट्रिय बोर्डको निर्णय
Breaking News

कक्षा १२ को परीक्षा जेठ १६ बाट सञ्चालन गर्ने राष्ट्रिय बोर्डको निर्णय

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result