काठमाडौं । नयाँ सरकार गठन भएपछि बढ्न थालेको शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार पनि उच्च अंकले बढेको छ । आज नेप्से सूचक ६०.३६ अंकले बढ्दा २४८४।६८ अंकमा बजार बन्द भएको हो।
आज कारोबारमा आएका ३१५ कम्पनीको १५ अर्ब २३ करोड बराबरको शेयर कारोबार भएको छ ।
बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन्। यी कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा हिमालयन बैंक, गणपति लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनीको सर्किट लेभलमै मूल्य बढेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-