काठमाडौं । आइतबार उच्च अंकले बढेको शयर बजार सोमबार भने झिनो अंकले मात्रै बढेको छ । । आज नेप्से परिसूचक २ दशमलव १५ अंकले बढेर २४८८ दशमलव ०९ विन्दुमा पुगेको छ ।
३०९ कम्पनीका १ लाख ७० हजार ५ सय ५९ पटकको कारोबारमा ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ० दशमलव ८९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ३२ अंकले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-