भद्रपुर, १५ साउन / नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई दुईतिहाइको मात लागेको आरोप लगाउनुभएको छ ।
झापाको सदरमुकाम चन्द्रगढीमा आज काङ्ग्रेस झापाद्वारा आयोजित विरोधसभामा नेता सिटौलाले सरकारले जनताको अधिकारमाथि दमन गर्न खोजेको बताउनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई सरकार संसद्, सडक र मिडियामा नियन्त्रण गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-