Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बीमा कम्पनीका शेयर : बजार घटे, शाख घटेन

साउन २१, २०७५ २:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ साउन / धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ ।

निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको छ । दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ ।

स्टकका अनुसार जीवन बीमा गर्दै आएका एशियन लाइफ इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ६३० मा कारोवार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा रु ९९८ मा घटेको छ । गत वर्ष सो कम्पनीको शेयर रु एक हजार ६२८ मा कारोवार भएको थियो ।

यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८३६ मा कारोवार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष रु एक हजार १६९ मा कारोवार भएको शेयर आइतबार भने प्रतिकित्ता रु ३३३ ले घटेर रु ८३६ कायम भएको छ ।

यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ६०० मा कारोवार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ४१६ मा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ७६२ मा कारोवार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु दुई हजार ४० मा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १२ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० मा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार २३६ मा खरिद बिक्री भएको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर रु ५१४ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० गते सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ७०० मा कारोवार भएको थियो ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्तिा रु ५५२ मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० मा खरिद बिक्री भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउनुहुन्छ । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बीमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ ।” बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उहाँको भनाइ छ ।

निर्जीवन बीमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ४२६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर रु ८२० मा खरिद बिक्री भएको थियो । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८०३ मा खरिद बिक्रीमा छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु एक हजार २६० मा खरिद बिक्री भएको थियो ।

लुम्बिनी जनरल इस्योरेन्सको शेयर रु ५१६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १० मा खरिद बिक्री भएको थियो ।
यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता रु ५२०, एनएलजीको रु ८४२, प्रभु इन्स्योरेन्सको रु ४९७, प्रिमियर इन्स्योरेन्सको रु एक हजार ४८ र प्रुडेन्टियल इन्स्योरेन्सको रु ७३३ मा कारोवार भइरहेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर प्रतिकित्ता रु १० हजार ३५६ मूल्यमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर रु १७ हजार ८०० मूल्यमा खरिद बिक्री भएको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु एक हजार ३२५ मा खरिद बिक्री भइरहेको छ । गत वर्ष रु एक हजार ७६० मा खरिद बिक्री भएको थियो । शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु ९१७ मा खरिद बिक्री भइरहेको छ । सिद्धार्थ इन्स्योरेन्सको रु ६६० र युनाइटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता रु ८१७ मा खरिद बिक्री भइरहेको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result