Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

साउन २२, २०७५ १:४२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ साउन / विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि ती कम्पनीका शेयर विगत लामो समयदेखि खरीद बिक्री भएको छैन । उनीहरुले स्टकमा हालसम्म सम्पर्क समेत गरेका छैनन् । करीब रु दुई अर्ब ६४ करोड ३९ लाख ७५ हजार ६०० बराबरको लगानीकर्ताको लगानी करीब डुबेको छ ।

स्टकमा कारोवार नभएका ती उद्योग तथा कम्पनी धेरैजसो बन्द भइसकेका छन् । सञ्चालनमा रहेका भनिएका उद्योगको शेयरसमेत कारोवार हुन सकेको छैन । सरकारले निजीकरण गरेका कारण केही उद्योग पनि बन्द भएका छन् । स्टकमा सूचीकृत भएका तर कारोवार नभएका उत्पादनमूलक समूहमध्ये अरुण वनस्पती उद्योग लिमिटेडको पाँच लाख ५० हजार ३४३ कित्ता शेयर सूचीकृत छ । तर सो कम्पनीको शेयर कारोवार विगत लामो समयदेखि हुन सकेको छैन ।

विराट सुज लिमिटेडको अवस्था पनि उस्तै छ । सो कम्पनीको एक लाख ६५ हजार कित्ता शेयर सूचीकृत भए पनि कारोवार शून्य छ । बुटवल स्पिनिङ मिल्स लिमिटेडको १३ लाख छ हजार ६९३ कित्ता शेयर सूचीकृत छ । तर कारोवार भने लामो समयदेखि हुन सकेको छैन । फ्ल्यूर हिमालयन लिमिटेडको दुई लाख ६२ हजार १०२ कित्ता शेयर स्टकमा सूचीकृत छ । तर कारोवार भएको छैन ।

सरकारी स्वामित्वको गोरखकाली रबर उद्योग लिमिटेड विगत पाँच वर्षदेखि बन्द भएको छ । सरकारले सो उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । स्टकमा सो उद्योगको ३८ लाख ३३ हजार ४०० कित्ता शेयर सूचीकृत छ । तर कारोवार भने हुन सकेको छैन । स्टकले सो उद्योगले अन्तिम बिक्री मूल्य भन्दै रु ३८ उल्लेख गरेको छ । सो उद्योगको बजार पूँजीकरण भने रु १४ करोड ५६ लाख ६९ हजार २०० रहेको छ ।

यस्तै सरकारी स्वामित्वको तर हाल बन्द अवस्थामा रहेको हरिसिद्धी इँटा तथा टायल उद्योगको १८ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएको थियो । उद्योग बन्द भए पनि स्टकलाई जानकारी नआएका कारण सूचीबाट भने हटाइएको छैन । ज्योति स्पिनिङ मिल्सको १२ लाख ७० हजार २८८ कित्ता शेयर सूचीकृत भएको देखिन्छ । तर कारोवार पनि भएको छैन । स्टकलाई कुनै जानकारी पनि दिइएको पाइँदैन ।

स्टकमा सूचीकृत भएको अर्को नेपाल विटुमिन एण्ड ब्यारेल उद्योगको अवस्था पनि उस्तै छ । सो उद्योगको दुई लाख १० हजार ६८० कित्ता शेयर सूचीकृत भएको देखिन्छ तर कारोवार भने शून्य रहेको छ ।

नेपाल वनस्पति घ्यू उद्योगको एक लाख एक हजार २५० कित्ता, नेपाल खाद्य उद्योगको ९० हजार कित्ता शेयरको पनि कुनै कारोवार छैन । सरकारी स्वामित्वको भृकुटी कागज कारखाना उदारीकरणको नाममा तत्कालीन सरकारले निजीकरण ग¥यो । सो उद्योग हाल प्रायः बन्द छ । शेयर बजारमा सूचीकरण भएको सो उद्योगमा लगानी गर्ने लगानीकर्ता समेत नराम्ररी डुबे । कूल ३५ लाख कित्ता शेयरको मूल्य करीब शून्य अवस्थामा छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरहरि पराजुली बन्द भएका कम्पनीले हालसम्म कुनै पनि सम्पर्क नगरेको र कुनै आधिकारिक जानकारीसमेत नगराएको बताउनुहुन्छ । “उनीहरु स्टकमा सूचीकृत छन्, तर कम्पनीको अवस्था के छ भन्ने बारेमा केही पनि जानकारी छैन” पराजुलीले भन्नुभयो ।

बन्द भएका कम्पनी आधिकारिक रुपमा ‘लिक्विडेशन’मा गए पनि बाँकी रहेको सम्पत्तिबाट ऋण तिर्नुपर्ने, कर्मचारीलाई तलब भक्ता खुवाउनुपर्ने, ऋणपत्रको कारोवार गरेको भए त्यसको समेत प्रबन्ध मिलाउनुपर्ने भएकाले ती सबै कार्य भएपछि बाँकी रहने सम्पत्ति मात्रै लगानीकर्ताको हुने कानूनी व्यवस्था छ । उत्पादनमूलक क्षेत्रका युनिलिभरको प्रतिकित्ता शेयर रु २४ हजार ५०० रहँदा विगतमा राम्रै प्रसिद्धि कमाएका सरकारी उद्योग भने हाल बन्द भएर लगानीकर्ताको लगानी डुब्न पुगेको छ ।

यस्तै श्रीराम सुगर मिलको शेयर प्रतिकित्ता रु १२४, नेपाल ल्यूब आयलको प्रतिकित्ता रु २१३, हिमालयन डिस्टिलरीको एक हजार २९५, बोटलर्स नेपाल तराईको रु पाँच हजार ४०० र बोटलर्स नेपाल बालाजुको रु एक हजार ६९३ मा कारोवार भइरहेको छ । स्टकमा कूल १९ वटा उत्पादनमूलक कम्पनीको शेयर सूचीकृत भए पनि एकाध कम्पनीका मात्रै कारोवार हुने गरेका छन् । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result