काठमाडौं । मंगलबार झिनो अंकले घटेको शेयर बजार बुधबार पुनः ३४ दशमलव २९ अंकले बढेर २९५७ दशमलव ७५ को विन्दुमा पुगेको छ ।
बुधबार ३३२ कम्पनीका २ लाख ४४ हजार १९ पटकको कारोबारमा ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १ सय ५० रुपैयाँ रहेको छ ।
आज १३ उपसमूहमध्ये ३ वटा घट्दा १० वटा बढेको छ । सबैभन्दा धेरै बढ्नेमा फाइनान्स कम्पनीहरु रहेका छन् । सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २ दशमलव ५७ अंकले बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-