Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उद्योगमा लगानी बढ्दै

भदौ १२, २०७५ १०:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

धनगढी, १२ भदौ / कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ ।

दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका छन् ।

वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेका यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउने चन्दले बताउनुभयो । आव २०७३÷७४ मा दर्ता भएका ८९० उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । कार्यालयले आव २०७४÷७५ मा ४३० उद्योगको नवीकरण तथा ५८ उद्योगको लगत कट्टा गरेको छ ।

वर्षेनी उद्योग दर्ता हुने गरेपनि दर्तापछि उद्योगको बस्तु स्थिति, दिएको रोजगारी, मापदण्ड अनुसार सञ्चालन भए÷नभएको, उद्योग सञ्चालनबाट परेको प्रभाव लगायतका विषयमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था छैन । अनुगमन निरीक्षण नहुँदा मापदण्ड विपरीत सञ्चालन भइरहेका उद्योगबाट वातावरणमा प्रभाव परेको गुनासो आउने गरेको छ । “पर्याप्त जनशक्ति र साधन स्रोतको अभावले उद्योगको अनुगमन तथा निरीक्षण गर्न सकेका छैनौँ,” कार्यालय प्रमुख चन्दले भन्नुभयो । दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन् ।

बैंकबाट ऋण तथा विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको चन्द बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म साना उद्योग ६ हजार ११० र लघु उद्योग २५३ दर्ता भएका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको छ । उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेका यी उद्योगको कूल लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयले जनाएको छ । कार्यालयलाई स्थानीय तहको निर्वाचन पछिको केही समय धनगढी उपमहानगरपालिका मातहतको उद्योग विकास शाखाको रुपमा कायम गरिएकोमा हाल प्रदेश सरकारको उद्योग, पर्यटन, वन, वातावरण मन्त्रालय मातहत ल्याइएको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result