Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नौ ठूला बैङ्क तथा वित्तीय संस्थाको शेयर कमजोर

भदौ १७, २०७५ ३:०६ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ भदौ / कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैङ्क तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोवार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैङ्ककै शेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ ।

स्टककाअनुसार सेञ्चुरी बैङ्कको प्रतिशेयर मूल्य रु १६९ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैङ्कको शेयर मूल्य रु २२७ रहेको थियो । यस्तै सिभिल बैङ्कको शेयर पनि घटेको छ । सो बैङ्कको प्रतिशेयर मूल्य रु १४८ रहेको छ । गत वर्ष भदौमा सो बैङ्कको शेयर रु २३० मा खरिद बिक्री भएको थियो । जनता बैङ्कको शेयर प्रतिकित्ता रु १५३ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैङ्कको शेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैङ्कको शेयर रु २५४ मूल्यमा खरिद बिक्री भएको थियो ।
यस्तै मेगा बैङ्क लिमिटेडको शेयर रु १६१ मूल्यमा खरिद बिक्री भएको छ । गत वर्ष रु ४४९ मा कारोवार भएको सो बैङ्कको शेयर निरन्तर ओरालो लागेको छ ।

माछापुच्छ्रे बैङ्कको शेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैङ्कको शेयर गत बिहिबार रु २०४ मा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैङ्कको शेयर रु ३२७ कारोवार भएको थियो । शेयर बजारमा नेपाल बङ्गलादेश बैङ्क कमजोर देखिएको छ । सो बैङ्कको शेयर रु १९९ मा कारोवार भएको छ । गत वर्ष भदौमा सो बैङ्कको शेयर रु ३३२ मा खरिद बिक्री भएको थियो । एनसिसि बैङ्कको शेयर पनि ओरालो लागेको छ । सो बैङ्कको शेयर प्रतिकित्ता रु १८० मा बिक्री भएको थियो । गत वर्ष भदौमा रु ३६४ मा खरिद बिक्री भएको थियो ।

यस्तै प्रभु बैङ्कको शेयर प्रतिकित्ता रु १८० मा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा रु ३७० मा कारोबार भएको थियो । सिटिजन बैङ्कको प्रतिकित्ता शेयर रु २३५, ग्लोबल आइएमइ बैङ्कको रु २९६, लक्ष्मी बैङ्कको रु २३३, बैङ्क अफ काठमाडौँको रु २८९, नेपाल बैङ्क लिमिटेडको रु २८६, एनएमबी बैङ्कको रु ३१६, प्राइम बैङ्कको रु २९५, सनराइज बैङ्कको रु २२०, एनआइसी एसिया बैङ्कको रु ३४० तथा सानिमा बैङ्कको प्रतिकित्ता शेयर रु ३२० मा कारोबार भएको छ ।

तीन बैङ्कको शेयर मात्रै बढी

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये तीन बैङ्कको शेयर मात्रै रु पाँच सय माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैङ्कको प्रतिकित्ता शेयर रु ७१५ मा कारोबार भएको छ । गत वर्ष रु दुई हजार २०१ मा कारोवार भएको सो बैङ्कको शेयर मूल्य घट्दै गएको छ । नबिल बैङ्क लिमिटेडको प्रतिकित्ता शेयर रु ९४७ मा कारोबार भइरहेको छ । गत वर्ष सो बैङ्कको शेयर रु एक हजार ६६५ मा खरिद बिक्री भएको थियो । एभरेष्ट बैङ्क लिमिटेको शेयर मूल्य रु ६५८ रहेको छ । गत वर्ष रु एक हजार २६६ मा कारोवार भएको थियो । नेपाल एसबिआई बैङ्कको शेयर रु ४९३ मा कारोवार भएको छ ।

नयाँ लगानीकर्तालाई अवसर

शेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैङ्क तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्ने अवसर रहेको बताउनुहुन्छ । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उहाँको भनाइ छ । सामान्यता बैङ्क तथा वित्तीय संस्थाको शेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस टे«न्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर हो भन्नुहुन्छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result