Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रु ३ करोड राजस्व सङ्कलित

भदौ २१, २०७५ ३:३० मा प्रकाशित
Share on FacebookShare on Twitter

रसुवा २१ भदौ / राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली आजदेखि शुरु भएको छ ।
प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार राजस्व असूली भएको छ । सामान आयात गर्ने एक मात्र नेपालको उत्तरी नाका रसुवागढी राजमार्गअन्तर्गत गत साउन ९ गते अगाडि केरुङ गएका लगभग एक हजार दुई सय ट्रक कण्टेनरले चिनियाँ गोदामबाट सामान लाद्न थालेको जानकारी आएको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।
मितेरी पुल रसुवागढीबाट सामान लिनका लागि केरुङतर्फ बुधबार र आज १०० भन्दा बढी ट्रक कण्टेनर केरुङतर्फ प्रस्थान गरेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ । आयात भएका सामग्री छिटोछरितो जाँचका लागि आवश्यक जाँचकी तैनाथ गरिसकिएकाले भन्सार प्रक्रिया ढिलो नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
गत साउन ९ गते टिमुरे प्रवेशद्वारमा पहिरो आएको, साउन ११ गते रसुवागढी घट्टेघोलाको पक्की पुल क्षति भएको, साउन २२ गते रसुवागढी छेउको राजमार्ग भोटेकोशीले कटान गरेको र यही भदौ २ गते धुञ्चेको त्रिशूली नदी छेउमा गएका दुई पहिराका कारण सबैखाले सवारी साधन आवतजावत बन्द भएको थियो । पहिरो गएका स्थानमा नयाँ मार्ग खोली भदौ १८ गते धुञ्चे क्षेत्र र १९ गते रसुवागढी क्षेत्रको राजमार्गमा यातायात पुनः सञ्चालन गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।
सडक खुलेसँगै रोकिएका सवारी साधन एकसाथ ताँती लागेपछि ट्राफिक व्यवस्थापनलाई चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाको राजमार्गमा बाटो सहज भए पनि नुवाकोटको तिरतिरे भीरमा पानी परेको बेला लेदो माटो आउने र गेर्खु खोलाको हिमपाइप कलभर्टमा भलपानीको समस्या यथावतै रहेको सवारी चालकले बताएका छन् । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result