Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आधारभूत मूल्यमै विकास बैंकको शेयर

भदौ २५, २०७५ १:५० मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ भदौ / धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ ।

बजार तलमाथि हुँदा कारोवार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको शेयरमा उच्च गिरावट आएको छ । यस्तै मेसोमा रहेको छ विकास बैंक समूह । नेपाल स्टक एक्सचेञ्जमा कूल ३३ वटा विकास बैंकको शेयर सूचीकृत छन् । एकाध विकास बैंकको बाहेक धेरैको शेयर आधारभूत मूल्य अर्थात् रु १०० को हाराहारीमा मात्रै छ ।

आधारभूत मूल्यभन्दा माथि नजाँदा अधिकांश लगानीकर्तालाई निराश बनाएको छ । लामो समयदेखि शेयर कारोवारमा संलग्नलाई पछिल्लो बजार मूल्यले निराश बनाएको छ भने नयाँ लगानीकर्तालाई यसले अवसर प्रदान गरेको छ । बजार तल्लो बिन्दुमा झर्दा नयाँ लगानीकर्तालाई शेयर कारोवारमा प्रवेश गर्न सहज हुन्छ । स्टकमा सूचीकृत एक्सेल विकास बैंकको शेयर प्रतिकित्ता रु ३१३ मा कारोवार भएको छ । गत वर्षको भदौ अन्तिम साता सो विकास बैंकको शेयर रु ४७१ मा कारोवार भएको थियो ।

यस्तै काबेली विकास बैंकको प्रतिकित्ता रु २९८, कैलाश विकास बैंकको रु २२९, मितेरी डेभलपमेन्ट बैंकको रु २७५ र मुक्तिनाथ विकास बैंकको प्रतिकित्ता रु ३९२ मा कारोवार भएको छ । गत वर्ष मुक्तिनाथको शेयर रु ५८६ मा कारोवार भएको थियो । यस्तै सहयोगी विकास बैंकको शेयर प्रतिकित्ता रु २१५ मा कारोवार भइरहेको छ । गत वर्ष प्रतिकित्ता रु ३४६ मा कारोवार भएको सो बैंकको शेयरमा समेत घटबढ भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर प्रतिकित्ता रु २८५ मा कारोवार भएको छ । सो बैंकको गत वर्ष रु ३८७ मा कारोवार भएको थियो ।

एकाध बैंकबाहेक अधिकांश विकास बैंकको शेयर ओरालो लाग्दा लगानीकर्तालाई नराम्ररी प्रभावित बनाएको छ । स्टकमा सूचीकृत सबै विकास बैंकको तथ्याङ्क हेर्ने हो भने अवस्था एकदमै खराब देखिन्छ । अघिल्ला वर्षमा लगानीकर्तालाई राम्रो प्रतिफल दिएका विकास बैंकको शेयर बजारको चक्रका आधारमा ओरालो लागेर न्यून बिन्दुमा कायम भएका छन् । स्टकका अनुसार भार्गव विकास बैंकको शेयर रु १२६ मा कारोवार भएको छ । गत वर्ष पनि सो बैंकको अवस्था राम्रो थिएन । गत वर्षको भदौ अन्तिम साता सो बैंकको शेयर रु २६५ मा खरिद बिक्री भएको थियो । कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर रु १०१ मा कारोवार भएको छ । गत वर्ष रु १४७ मा सिमित थियो ।

यस्तै विकास बैंकमा राम्रो मानिएको देव विकास बैैंकको शेयरसमेत रु १२९ मा सीमित भएको छ । गत वर्ष सो बैंकको शेयर रु २४९ मा कारोवार भएको थियो । गण्डकी विकास बैंकको रु १९५, गरिमा विकास बैंक रु १९२, ग्रीन डेभलपमेण्ट बैंक रु १२६, हाम्रो विकास बैंक रु १३३, ज्योति विकास बैंक रु १४४, कामना सेवा विकास बैंक रु १४५, कञ्चन डेभलपमेन्ट बैंक रु १९७, कन्काई विकास बैंक रु १२६, लुम्बिनी विकास बैंक रु १५३ तथा कर्णाली डेभलपमेन्ट बैंक रु १०२ मा कारोवार भइरहेको छ ।

स्टकका अनुसार महालक्ष्मी विकास बैंक रु १९१, मिशन डेभलपमेण्ट रु १७८, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक रु १२२, एनआइडिसी डेभलपमेन्ट बैंक रु १५०, ओम डेभलपमेन्ट बैंक रु १९७, पूर्णिमा विकास बैंक रु १६८, सहयोगी विकास बैंक रु २१५, सप्तकोशी डेभलपमेन्ट बैंक रु ११२, साङ्ग्रिला डेभलपमेन्ट बैंक रु १४८, सिन्धु विकास बैंक रु ११९ र वेस्टर्न डेभलपमेन्ट बैंकको रु २३१ मा कारोवार हुँदा तिनाउ विकास बैंकको भने पछिल्लो दिनमा कारोवार भएको स्टकबाट जानकारी पाइँदैन । विकास बैंक एसोसिएसनका अध्यक्ष भरत ढकाल विकास बैंकको कारोवार तथा वासलात एकाधको बाहेक धेरैको राम्रो रहेको बताउनुहुन्छ । शेयर बजारमा उतारचढाव आउँदा त्यसबाट अरु क्षेत्र जस्तै विकास बैंक समूहसमेत प्रभावित भएको छ । बजार बढाउने वा घटाउने विषय आफूहरुको नभएको जानकारी दिँदै अध्यक्ष ढकालले भन्नुभयो, “ग्रामीण क्षेत्रमा हामीले वित्तिय सेवा दिएका छौँ । शेयर बजार कहिले बढ्छ कहिले घट्छ यो सामान्य प्रक्रिया हो । हामी आत्तिएका छैनौँ ।” शेयर बजारका जानकारका अनुसार नयाँ लगानीकर्तालाई भने लगानीको सुवर्ण अवसर प्राप्त भएको छ । शेयर विश्लेषक प्रकाश तिवारी दीर्घकालीन फाइदाका लागि भने बजार घटेको बेला शेयर खरिद गर्न सहज हुने बताउनुहुन्छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result