Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

अशोज १०, २०७५ १२:११ मा प्रकाशित
इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता
Share on FacebookShare on Twitter

काठमाडाँै, १० असोज / इन्द्रजात्राका अवसरमा निकालिने सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) लोप हुने अवस्थामा पुगेको छ ।

काठमाडौँ उपत्यकाका नेवार समुदायले विभिन्न जात्रा, पर्व तथा नाचको माध्यमबाट मुलुकको पहिचान र गौरवशाली इतिहासलाई जीवन्तता दिँदै आएपनि सरोकारवाला निकायको सहयोग पर्याप्त नहुँदा ती सांस्कृतिक निधि इतिहासको पानामा सीमित हुने अवस्था आएको छ ।

बदलिँदो समय तथा व्यस्त जीवन पद्धतिले गर्दा देवी नाच (दी प्याखं) लाई नियमित रुपमा सञ्चालन गर्न निकै कठिन भइसकेको देवी नाच प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष इन्द्र महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अमूल्य सम्पत्तिका रुपमा रहेको देवी नाच सञ्चालन गर्ने समितिको नाममा कुनै पनि घर र जग्गा छैन । नाच मञ्चन गरिने चार वटा मात्र डबली रहेका छन् । लिखत प्रमाणका रुपमा केही नभएकाले देवी नाचका सम्पत्ति अतिक्रमण हुँदै गइरहेको छ ।”

पूजाका क्रममा प्रसादका रुपमा बाँडिनेबाहेक देवी नाचमा संलग्न खलकलाई अन्य सुविधा उपलब्ध गराउन नसकिएको उहाँ स्वीकार्नुहुन्छ । सरकारी निकायबाट पूजा सामग्रीका लागि प्राप्त हुने सहयोग पनि बजारभाउ भन्दा निकै कम दरमा उपलब्ध गराइने गरिएको उहाँको गुनासो छ । पचास वर्षअघिदेखिको यो सहयोगमा वृद्धि हुन सकेको छैन ।

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशी विभिन्न जात्रा, पर्व तथा नाच नेपालका ऐतिहासिक सम्पत्ति भएको र यसलाई संरक्षण तथा सम्बद्र्धन गर्न जनस्तरबाटै लाग्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “जात्रा, पर्व, नाच संरक्षणका लागि सबै जुट्नुपर्छ । कला, संस्कृति कुनै जाति विशेषको होइन । यो त सबै नेपालीको सम्पत्ति हो ।” संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पनि नेपालका कला, संस्कृति, जात्रा, पर्व, नाचलगायतलाई संरक्षण गर्न आग्रह गरेको उहाँको भनाइ छ ।

समितिका अध्यक्ष महर्जन भन्नुहुन्छ, “किलागल टोलमा पहिले खः प्याखं पनि प्रदर्शन गरिन्थ्यो तर, अर्थाभावका कारण सो नाच लोप भइसहेको छ । यस्तै अवस्था रहने हो र सरकार तथा सरोकारवालाले समयमै ध्यान नदिने हो भने दी प्याखं (देवी नाच) पनि ‘खः प्याखं’ जस्तै लोप भएर जाँदैन भन्न सकिँदैन ।”

ऐतिहासिक देवी नाचलाई तस्वीरमा हेरेर चित्त बुझाउनुपर्ने अवस्था आउन नदिन यस नाचमा प्रयोग गरिने सम्पूर्ण बाजा, पोशाक, गरगहना, बाजाका बोली, राग, चचा तथा सामानलाई सुरक्षित राख्न देवी नाचको सङ्ग्रहालय बनाउनुपर्ने समितिको भनाइ छ । देवी नाचका क्रममा लगाउनुपर्ने तासका पोशाक १०÷१० वर्षमा फेर्ने गरिए पनि उक्त तासका कपडा निकै महँगो तथा बजारमा पाउन पनि मुश्किल भएकाले त्यससर्फ सरकारले बेलैमा सोच्नुपर्ने अध्यक्ष महर्जनले बताउनुभयो ।

देवी नाचका सहायक गुरु एवं समितिका उपाध्यक्ष नरेन्द्र महर्जन नेपालका ऐतिहासिक जात्रा तथा पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुहुन्छ । नेपाल सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गरेको सन्दर्भमा यस्ता जात्रा र पर्वको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकिए विदेशी पर्यटक अधिक मात्रामा भित्रिने उहाँको विश्वास छ ।

विश्वकै दुर्लभ नाचमा गनिने देवी नाच देशभित्र अमूर्त संस्कृतिका रुपमा रहिआएको छ । यो नाचमा विशेष गरी सात जना पात्रको महत्वपूर्ण भूमिका हुन्छ । देवदेवी तथा दैत्यका भिन्दाभिन्दै भाव, भूमिका र आकर्षण यस नाचमा देख्न पाइन्छ । देवी नाचका नाइके तथा गुरु इन्द्र महर्जनका अनुसार सात जना देवदेवीको सहभागितामा विभिन्न मुद्रा तथा आशनमा प्रस्तुत गरिने यस नृत्य संसारमा शान्ति, प्रलयकारी एलं विनाशकारी घटना नहोस्, रोग ब्याधिबाट मुक्ति पाइयोस् भन्ने कामनासहित मञ्चन गरिन्छ । यो नाचमा भैरव, चण्डी, कुमारी, दैत्य, बेताः (बेताल), कवं (कङ्काल) र ख्याः (ख्याक) ले नृत्य प्रस्तुत गर्दछन् ।

विभिन्न सातथरीका बाजा र सातै तालका चचको चजा रागमा मुकुण्डो, मुकुट, आभूषण र पोशाक लागाएर देवी नाच नाच्ने गरिन्छ । यस नाचमा खिं, धाः, नाय्खिं, दंग, पोंगा, छुस्याः, ताः, बबू, भुस्या, सिन्याललगायतको बाजा बजाउनुपर्ने परापूर्वकालदेखिकै नियम छ । त्यस्तै, मालश्री, धनाश्री, कनह, सोरथ, भुपारी, चजा, बालारी रागको पनि प्रयोग गरिन्छ । शून्य नाच, ग्वारा नाच, चजा नाच, न्ह्याः नाच, दैत्यको नाच, दैत्य भैरवको युद्ध नाच, ‘हि त्वने पहः’ (रगत पिउने भाव) नाच, कवं–बेताः–ख्याक नाच, शान्ति नाच र लपः नाच दी प्याखंका मुख्य आकर्षण हुन् । यस नाचमा दैत्यलाई कुमारीले वध गरेको अंश मुख्य मानिन्छ ।

देवी नाच श्रावण शुक्ल चौथीमा प्रारम्भ गरी गुरुको घरमा एक महिनाको नाचको तालीम दिइन्छ र भाद्र कृष्ण पक्ष चौथीका दिन घँुगरा पूजा गरी बिज्यापु चोकमा नाच मञ्चन गरिन्छ । त्यसपछि कागे अष्टमीका दिन किलागलको डबलीमा ‘पिदने पूजा’ (प्रथम प्रदर्शन) गरी इन्द्रजात्राको शुरुआत भएको सङ्केत दिइन्छ । त्यस्तै इन्द्रजात्राको विधिवत् शुभारम्भको दिन हनुमान ढोकामा लिङ्गो ठड्याउने बेला कागेश्वरी मन्दिरको दक्षिणपट्टि नाच मञ्चन गरिने दी प्याखं प्रवद्र्धन तथा संरक्षण समितिका अध्यक्ष महर्जन बताउनुहुन्छ । इन्द्रजात्राका दिन जैसीदेवल डबली, दोस्रो दिन बाङ्गेमुढाको डबली तथा इन्द्रचोक डबली र अन्तमा नानीचा याःका दिन किलागलकै डबलीमा नाच मञ्चन गरी विसर्जन गरिन्छ ।

देवी नाचका मुख्य पुजारीका रुपमा कर्माचार्य (आचाजु) लाई राखिएको पाइन्छ । देवीलाई तान्त्रिक विधिद्वारा पूजा गर्नुपर्ने भएकाले यसमा अरु जातिको पुजारी नराखिएको देवी नाचका सहायक गुरु नरेन्द्र महर्जन बताउनुहुन्छ । देवी नाचको पूजा गर्दा नाट््येश्वरमा पुजारी कर्माचार्यले बायाँ हातबाट पूजा गर्ने गर्दछन् ।

देवी नाच इन्द्रजात्राको एक अभिन्न सांस्कृतिक अङ्गका रुपमा पनि रहँदै आएको छ । कुमारी यात्रासँग पनि यस नाचको प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ । इन्द्रजात्राका दिन जैसीदेवल अगाडिको डबलीमा कुमारी नाच मञ्चन गरिन्छ । सो दिन कुमारीको रथ शहरको दक्षिणतर्फ तान्दै ल्याउने क्रममा जैसीदेवलमा आइपुग्दा एकछिन रथ रोकेरै जैसीदेवल डबलीमा प्रदर्शन भइरहेको नाच कुमारीलाई पनि हेर्न लगाइन्छ । देवी नाचमा प्रस्तुत गरिने नृत्य सोह्रौँ चरणसम्म हुन्छ । आरम्भमा शून्य पहः, भैरव ग्वारा, कुमारी ग्वारा, चण्डी ग्वारा, भैरव चजा, कुमारी चजा, चण्डी चजा, भैरव न्ह्याः, कुमारी न्ह्याः, चण्डी न्ह्याः, दैत्य, भैरव जुद्ध, कुमारी जुद्ध, कवं, बेताः र ख्याक, शान्ति र लपः नृत्य प्रस्तुत गर्दै नाचको विसर्जन गरिन्छ ।

देवी नाचका पात्रहरुको पोशाक प्रत्येक दश÷दश वर्षमा फेर्ने गरिएको छ । नाचका पात्रको पोशाक फेर्न राज्यका तर्फबाट केही सहयोग प्राप्त भएको सहायक गुरु महर्जन बताउनुहुन्छ । सो अवसरमा भैरवले लगाउने बाघको छालासमेत फेरिन्छ ।

प्रत्येक दश वर्षमा भैरवलाई बाघको छाला र नयाँ पोशाक लगाउन लगाएर तान्त्रिक विधिद्वारा देवीहरुलाई आशन गराएर नाच मञ्चन गरिन्छ । भैरवले आकर्षक बाघको छाला पहिरिने हुँदा प्रत्येक दशौँ वर्ष देवी नाचका लागि विशेष वर्षका रुपमा रहने गरेको छ । बाघको छाला विभिन्न औषधि बनाउन तथा भूतप्रेतलाई तह लगाउन उपयोगी मानिनुका साथै तान्त्रिक पूजामा समेत यसको प्रयोग हुने भएकाले बाघको छालालाई छुट्टै महत्व दिने गरिएको हुनसक्ने देवी नाचका सहायक गुरु महर्जनको भनाइ छ । परापूर्वकालमा वस्त्र धारण गर्ने चलन नहुँदा देवी देवताले वस्त्रका रुपमा बाघ, चितुवा, मृग जस्ता जनावरका छाला पवित्र मानी ओढ्ने तथा लगाउने गरेको संस्कृतिविद्हरुको तर्क छ ।

आफ्नै डबली र पाटीमा मात्र मञ्चन हुने परम्परा देवी नाचको विशेषतामध्येको एक हो । सो नाच मञ्चन गरिने प्रत्येक डबलीसँगै पाटी पनि रहेको हुन्छ । ती डबलीमा देवी नाचबाहेक अन्य नाच मञ्चन गरिँदैन । देवी नाच सातवटा डबलीमा मञ्चन हुँदै आएको छ ।

देवी नाचको उत्पत्ति तथा त्यसको ऐतिहासक पक्षको खोजी गर्दै जाँदा विभिन्न प्रमाण र जनश्रुति रहेको यस नाचका जानकारहरु बताउँछन् । देवी नाचका क्रममा गाइने गीतमा पनि गुणकामदेवको नाम उल्लेख भएको पाइन्छ । देवी नाचमा प्रतालमा गाउने गरिएको भैरव देवताको चचा गीत अझै पनि गाइन्छ ।

‘नेपालया भुवन पति,
श्री गुणकर राजा,
जुगांजुग जिवय् भुक्तिमुक्ति ।’

संस्कृतिविद् डा जोशी यस गीतमा उल्लेख गरिएको गुणकर राजा भनेको सम्भवतः नेपाल देशको वंशावलीमा अत्यन्त प्रख्यात गुणकामदेव राजा हुनसक्ने बताउनुहुन्छ । राजा गुणकामदेवकै पालादेखि यो नाच प्रचलनमा आएको हुनसक्ने उहाँको भनाइ छ । नेपालमण्डलभर तिनै राजाले धर्म र संस्कृतिलाई व्यापकता दिएको अनुमान गरिएको छ । यी राजा महालक्ष्मी (शक्ति प्रदायिनी देवी)का भक्त रहेको जनश्रुति पाइन्छ ।

यस्तै, पहिला कुनै बेला एक राजाको समयमा देशमा महामारी फैलिएर धेरै नै मानिस मर्न थाले । ‘यसरी महामारीका कारण प्रजाहरुको निधन भयो भने म प्रजा बिनाको राजा हुनेछु, प्रजा नै नभएपछि राजाको के अस्तित्व हुन्छ’ भन्ने चिन्तामा राजा परे । चिन्तित राजालाई एक रात सपनामा देवीले दर्शन दिइन् र ‘देवी नाच देखाए देशमा शान्ति तथा अमनचैन कायम हुन्छ’ भनी आज्ञा दिइन् ।

राजाले सोही निर्देशन अनुरुप देवीद्वारा निर्दिष्ट डबलीमा नाच मञ्चन गरेपछि देशमा शान्ति तथा अमनचैन कायम भयो । रोगब्याधि तथा महामारी हट्यो । सोही समयदेखि देवी नाच मञ्चन गरिँदै आएको जनविश्वास रहेको दी प्याखं) सम्बद्र्धन तथा संरक्षण समितिका अध्यक्ष महर्जन बताउनुहुन्छ ।

अहिलेसम्म पनि बूढापाकाहरु किलागल टोलको देवी नाचको गोप्य पूजा गरिने ‘आगम घर’ रहेको बिज्यापू ननि चोकको डबलीमा देवी नाचका देवगण नाच्न आउने गरेको बेलाबेलामा देखिने बताउँछन् । बिज्यापू ननिको एक गल्ली ‘कवं गल्ली’ मा अहिले पनि मध्य रातमा कवंचा नाच्ने बेलामा निकाल्ने ‘कूहुहुहु’ अवाज सुन्ने गरिएको उनीहरु बताउँछन् । बिज्यापू ननिका प्राणमाया भन्ने व्यक्ति एक रात विशेष कामले घरबाट बाहिर निस्कँदा साक्षात् देवदेवी र कङ्काल कराउँदै नाचेको देखेपछि डरले बिरामी भई देहान्त भएको कथन सुन्न पाइन्छ ।

देवी नाचको उद्गमस्थल वा देवस्थान कहाँ हो त ? शक्तिको स्रोतका रुपमा रहेका नागार्जुन डाँडामा देवस्थान रहेको जनश्रुति पाइन्छ । काठमाडौँको पश्चिममा अवस्थित नागार्जुन डाँडामा प्रकट भई भैरव, चण्डी र कुमारी देवदेवी आकाशमार्गबाट मनोहर ठाउँ खोज्दै घुम्ने र फर्कने गर्दथे भन्ने पौराणिक आख्यान पाइन्छ । त्यस समयमा बाग्मती र विष्णुमती नदीहरु मिल्ने दोभान इन्द्रचोकमा थियो । हाल किलागल भएको ठाउँ पवित्र वृक्ष, नदी, पोखरीसहितको जङ्गलका रुपमा रहेको थियो । त्यस ठाउँमा धेरै हात्ती रहेको र त्यस समूहमा सेतो ऐरावत हात्ती समेत रहेको थियो । नागार्जुनबाट देवदेवीहरु आकाशमार्ग हुँदै हाल किलागलको डबली भएको ठाउँमा आई आफ्नो परिवारजनसहित नृत्य गर्ने र फर्कने गर्दथे । यस कार्यको निगरानी गर्ने, सेवा टहल गर्ने काम उक्त ऐरावती हात्तीले गर्ने गर्दथ्यो भन्ने किंवदन्ति छ । पछि शहर र वस्ती बसाल्ने क्रममा मानव वस्तीबीच बेलाबखत देवी प्रकट हुने, दर्शन दिने सिलसिला बढ्दै गएपछि यो नृत्य परम्परा शुरु भएको हो भनिन्छ ।

राष्ट्रिय गौरवका रुपमा रहेको यो नाचलाई भावी सन्ततिले हेर्न पाउने गरी जीवन्त राख्नु अत्यन्त आवश्यक छ । देवी नाचमा प्रयोग हुने बाजा, मुकुण्डो, मुकुट, गरगहना, खड्ग, राग र गीतहरुलाई लिपिबद्ध गरी सुरक्षित गरिनुपर्छ । देवी नाच कुनै एक जाति विशेषको नभएर नेपाल र नेपाली मात्रकै अमूल्य निधि हो भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्दछ । रासस

सम्बन्धित समाचार

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result