काठमाडौं । बिहीबार काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
युट्युबमा स्ट्याण्ड अप कमेडी प्रस्तुत गर्दा उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको आरोप लागेको थियो। उक्त आरोपमा उजुरी परेपछि उनी पक्राउ परेका थिए।
उनीविरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएपछि बिहीबार थुनछेक बहस भएको थियो। बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रिहाई आदेश जारी गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-