अमेरिका, अक्टुबर २३ । अहिले वलिउड वजार रणविर कपूर र आलिया भट्टको विवहाको चर्चाले तात्तिएको छ । त्यसो त यो जोडीले वेला वेलामा सार्वजनिक रूपमा प्रेम अभिव्यक्त गरेका तस्विरले पनि सामाजिक सञ्जालमा राम्रै चर्चा वटुल्ने गर्दथो । यो जोडीले २०२० को जनवरी २२ मा विवहा हुने मिति नै घोषणा गरेपछि भने उनीहरुलाई वधाइ दिनेको संख्या बढेको छ ।
त्यसो त केही समय अघि नायक रणवीर कपूर, आलीया पिता तथा पूराना निर्देशक महेश भट्ट कहाँ पुगेको खवरले पनि कता कता विवहाको समाचारलाई वास्तवमै जस्तो लागेपनि यी दुईले भने यसवारे केही खुलासा गरेको छैन । यद्यपि अहिले सामाजिक सञ्जालमा आलिया र रणवीर कपूरको विवहाको कार्ड भने भाइल भइरहेको छ ।
कार्डमा राजस्थानको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा उनीहरूले विवाह गर्ने कुरा समेत लेखिएको छ । तर त्यो कार्ड झूटो हो । रणवीर र आलिया ब्रह्मास्त्र नामक फिल्ममा एकसाथ देखिँदैछन् । धर्म प्रोडक्सनले निर्माण गरेको चलचित्रको प्रचारको निम्ति निर्देशक करण जोहरले त्यस्तो तीकडम रचेका हुन । हुनपनि करणलाई वलिउडमा गसिप किङ मानिन्छ । वलिउडको विशेषत नायक नायिक विचको प्रेम चक्कर चलाउनेदेखि सम्वन्धको क्रसचेक गर्नेसम्म करण माहिर छन । झन आफ्नै व्यानरको चलचित्र निर्माण भएको अवस्थामा प्रचारको निम्ति रणविर–आलिया प्रेमलाई प्रयोग गर्नु के नौलो कुरा भयो र ?
एजेन्सीको सहयोगमा
प्रतिक्रिया लेख्नुहोस्:-