सुर्खेत, ३ मङ्सिर / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले कानून सङ्काय स्नातक तहको कार्यक्रम शुरु गरेको छ । उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रथम ‘ब्याच’का विद्यार्थीबीच आज कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो ।
उपकुलपति कोइरालाले कानूनको अध्ययनलाई महत्वपूर्ण अवसरका रुपमा ग्रहण गरी सफलता प्राप्तिमा समर्पित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । “समाजमा कानूनी शिक्षाको अपरिहार्यता बोध गरेरै विश्वविद्यालयले एलएलबीको पढाइ शुरु गरेको हो,” उहाँले भन्नुभयो ।
वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा खोपिराम लम्साल, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक लीलाधर तिवारी लगायतका वक्ताले कानून विषयको महत्वमाथि प्रकाश पार्नुभएको थियो । रासस
प्रतिक्रिया लेख्नुहोस्:-