Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राज्य व्यवस्था सफल पार्न राजनीतिक तालमेल आवश्यकः मुख्यमन्त्री पोखरेल

चैत्र १२, २०७४ २:११ मा प्रकाशित
राज्य व्यवस्था सफल पार्न राजनीतिक तालमेल आवश्यकः मुख्यमन्त्री पोखरेल
Share on FacebookShare on Twitter

नेपालगन्ज, १२ चैत / प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय राज्य व्यवस्था सफल बनाउन राजनीति तालमेल आवश्यक भएको बताउनु भएको छ ।

नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको खेलाडी शुटिङ रेन्जको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “खेल प्रतियोगिमा सफलता पाउन खेलाडीबीचको तालमेल जसरी अपरिहार्य मानिन्छ, मुलुकको राजनीतिक व्यवस्थालाई सफल बनाउन त्यसैखाले आपसी तालमेल चाहिन्छ ।”

मुख्यमन्त्री पोखरेलले संघीय, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयबाट मात्र जनताको विकास तथा मुलुकको समृद्धिको मार्ग प्रशस्त हुनेमा जोड दिदैं “राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो प्रतिस्पर्धा लोकहित र देशहितका लागि हुनुपर्छ, प्रतिस्पर्धाको आधार हामीले राजनीतिको स्थायित्व, सुशासन र विकासलाई बनाउनुपर्छ,” भन्नुभयो ।

क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले आगामी वर्षको मंसिर महिनामा नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई तोकिएको मितिमा सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

सो अवसरमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका खेल नेपालगन्ज, कोहलपुर बर्दिया र दाङमा सञ्चालन हुने जानकारी गराइयो ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने रंगशाला, पौडी पोखरी, शुटिङ रेन्ज, भारोत्तोलन एकेडमी र क्रिकेट मैदानको निर्माण कार्य अहिले दु्रत गतिमा भइरहेको समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।

अञ्चल अस्पताल सुधारका लागि ध्यानाकर्षण
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको समग्र सुधार एंव व्यवस्थापनका लागि आज मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण गराइएको छ ।

भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनले मुख्यमन्त्रीलाई भेटेर अस्पताल सुधारका लागि ध्यानाकर्षण गराएको हो ।

कर्मचारीको वृत्ति विकास, अस्पतालको प्रभावकारी व्यवस्थापन, अत्याधुनिक मेसिन जडान तथा सञ्चालनमा भएको लापरबाही, आर्थिक अनियमितता र अस्पतालको सेवा प्रवाहलगायत विषय समेटेर ध्यानाकर्षणपत्र बुझाइएको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अस्पतालको समग्र सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीले पनि आफ्नो अस्पतालप्रति जिम्मेवार हुनुपर्छ भन्नुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result